Result Published: Creative Content Creator Competition

Notice . 31 Jul 2026

मिति: २०८३/०४/ गते

सृजनात्मक कन्टेन्ट क्रियटर प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी सूचना

ज्ञान ज्योति फाउण्डेसन, दाङद्वारा आयोजना गरिएको "स्नातक तहका विभिन्न कार्यक्रमहरूमा भर्ना तथा प्रवेश परीक्षा आवेदन फाराम खुलेको सम्बन्धमा" विषयक सृजनात्मक कन्टेन्ट क्रियटर प्रतियोगिता मा उत्साहपूर्वक सहभागी भई उत्कृष्ट भिडियो सामग्री प्रस्तुत गर्नुहुने सम्पूर्ण विद्यार्थी तथा समूहप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

प्रतियोगितामा प्राप्त भिडियोहरूको कन्टेन्ट (सामग्रीको गुणस्तर), सिर्जनात्मकता, मौलिकता, सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रिया (लाइक, कमेन्ट, शेयर तथा भ्युज) लगायतका आधारमा गरिएको समग्र मूल्याङ्कनअनुसार नतिजा देहायबमोजिम प्रकाशित गरिएको छ।

विजेताहरू:

प्रथम स्थान: प्रगति शर्मा ढकालको समूह – B.Sc. CSIT (RJU)

द्वितीय स्थान: अञ्जु दाहालको समूह – BCA

तृतीय स्थान: सोफिया के.सी.- BBS

सान्त्वना पुरस्कार:

  • सिद्धार्थ बस्नेत – BSC. CSIT (FWU)

  • रीतिका देवकोटा - BBS

  • दिया शाह - BBS

विजेता सम्पूर्ण विद्यार्थी तथा समूहलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। साथै प्रतियोगितामा सहभागी भई आफ्नो सिर्जनशीलता प्रदर्शन गर्नुहुने सबै प्रतियोगीप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

पुरस्कार वितरण सम्बन्धी जानकारी पछि छुट्टै सूचनामार्फत प्रकाशित गरिनेछ।



ज्ञान ज्योति फाउण्डेसन, दाङ