Creative Content Creator Competition Notice

Notice . 9 Jul 2026

                                                                                                                                                                        

                    विषय:- सृजनात्मक कन्टेन्ट क्रियटर प्रतियोगिता सम्बन्धमा ।


ज्ञान ज्योति फाउण्डेसनका सम्बन्धित विद्यार्थी भाइबहिनीहरू,

वर्तमान परिवेशमा सूचना, सञ्चार तथा विज्ञापनको लागि सामाजिक सञ्जालमा प्रयोग गरिने सृजनात्मक सामग्रीहरूको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको कुरा हामी सबैलाई विदितै छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै ज्ञान ज्योति फाउण्डेसन, दाङले तल उल्लिखित विषयमा सन्देशमूलक भिडियो सामग्री निर्माण गर्ने कन्टेन्ट क्रियटर प्रतियोगिता आयोजना गरेको छ । यस फाउण्डेसनमा अध्ययनरत इच्छुक कन्टेन्ट क्रियटरहरूलाई तोकिएको मितिभित्र फाउण्डेसनमा सम्पर्क गरी प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ ।

सम्पर्कका लागि:
  • ज्ञान ज्योति फाउण्डेसन, दाङ
  • कन्टेन्ट पेश गर्ने अन्तिम मिति: २०८३ साल असार २९ गतेसम्म ।
  • भिडियो फाउण्डेसनलाई उपलब्ध गराउने अन्तिम मिति: २०८३ साल श्रावण १ गतेसम्म ।
  • मूल्याङ्कनको नतिजा प्रकाशन: २०८३ साल श्रावण १० गते बेलुकी ५ बजे ।
प्रतियोगिताको विषय:

“स्नातक तहका विभिन्न कार्यक्रमहरूमा भर्ना तथा प्रवेश परीक्षा आवेदन फाराम खुलेको सम्बन्धमा ।”

भिडियोका मापदण्ड:

१. भिडियो सन्देशमूलक, सिर्जनात्मक तथा मौलिक हुनुपर्नेछ ।
२. भिडियोले भर्ना तथा प्रवेश परीक्षा आवेदनसम्बन्धी जानकारी प्रभावकारी रूपमा प्रस्तुत गरेको हुनुपर्नेछ ।

छनौट प्रक्रिया:

१. एक व्यक्ति वा एक समूहले एउटा मात्र भिडियो प्रतियोगितामा सहभागी गराउन पाउनेछ ।
२. भिडियो, प्रतियोगीले प्रयोग गर्ने व्यक्तिगत सामाजिक सञ्जाल (Facebook, TikTok, Instagram आदि) तथा फाउण्डेसनको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिएको हुनुपर्नेछ ।
३. विजेता छनौट गर्दा भिडियोको कन्टेन्ट (सामग्रीको गुणस्तर), शेयर, लाइक, कमेन्ट तथा भ्युज लगायतका सूचकहरूको समग्र मूल्याङ्कनका आधारमा निर्णय गरिनेछ ।
४. निर्णायक समितिको निर्णय अन्तिम हुनेछ ।

पुरस्कार:

प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार: रु. २५००/-
तृतीय पुरस्कार: रु. १५००/-


                                                                                                                                                ज्ञान ज्योति फाउण्डेसन

                                                                                                                               तुलसीपुर उप-महानगरपालिका वडा नं. ०६, दाङ